चिसोबाट बच्नका लागि न्यानो कपडा मात्रै पर्याप्त हुँदैन, शरीरलाई भित्रैबाट तताउन जरुरी हुन्छ । यसका लागि केही यस्ता खानेकुराको सेवन गर्न आवश्यक हुन्छ ।

ड्राई फूड – बदाम, किसमिस, काजु आदी खानाले जोडोमा शरीरलाई पर्याप्त मात्रामा तापक्रम दिन्छ र चिसोबाट बचाउँछ । बदामले डाइबिटिजलाई नियन्त्रण गरी कब्जियतको समस्यालाई निर्मुल पार्न सहयोग पुर्याउँछ ।

मह – जाडोमा मह अवश्य खाने गनुृहोस् । यसले शरीरलाई जाडोमा ऊर्जा मिल्छ साथै शरीरमा रोगप्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ ।

तिल – तिलको लड्ड् वा अचार बनाएर खान सक्नुहुन्छ, यसले शरीरलाई तापक्रम दिन्छ । तिलको तेलले शरीरमा लगाउन पनि सकिन्छ ।

अदुवा – अदुवाले तपाईको पाचनक्रियालाई सुधार गर्छ । खोकी लागेमा तातो पानीमा नुनसँग खाएमा राहत महशुस गर्न सक्नुहुन्छ ।

कोदो – जाडोमा कोदोको पिठोको रोटी बनाउँन सक्नुहुन्छ । म्याग्नेसियम, क्यालसियम, प्रोटीन, फाइबर, भिटामिन बिजस्ता धेरै पोष्टिक तत्व कोदोबाट पाइन्छ ।

गुड – गुडले जोर्नी दुखाईको समस्याबाट राहत दिलाउँछ । तपाई एक ग्लास दुधको साथमा गुड घोलेर पिउन सक्नुहुन्छ । यसले छाला सम्बन्धि रोगबाट पनि टाढा राख्छ ।

यो पढ्नुस।

अदुवा हालेको चियाका ८ फाइदा

तपाईले थाहै नपाउनु भएको फिटकिरीका १० फाइदा