२२ वैशाख, एजेन्सी।

जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागिसँग सगै काम गर्न आह्वान गरेका छन् । राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उनले सवै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए ।

उनले भने, “म गम्भिरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ । जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थियो ।

उनीसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा परेको समाचारमा जनाइएको छ । महारानी मसाकोले पहेलो रंगको लामो कपडा लगाएकी थिइन भने गरगहनाहरु पनि लगाएकी थिइन ।

जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका थिए । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा भएका छन् । विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्टरुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।

उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्यागेका थिए । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो ।

पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी भएका थिएनन् ।