२५ असोज, एजेन्सी । जापानमा आँधीले वितण्डा मच्चाएको छ । आँधीका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

मध्यजापानमा अहिले १ सय ९५ किलोमिटर प्रतिघण्टाको दरले आँधी आइरहेको छ । स्थानीय घरबाहिर निस्कन सक्ने अवस्था छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आँधीले रोकेर राखेको ट्रकलाई पनि पल्टाएको छ । सरकारले आँधी आउने सम्भावना यसअघि नै गरेको कारण त्यहाँका बजारमा उपभोग्य वस्तुहरुको अभाव भएको छ ।

स्थानीयले आफूलाई चाहिने भन्दा धेरै सामानहरु किनेर घरमा राखेका छन् । समुन्द्री तट क्षेत्रका स्थानीयले घरको सुरक्षाका लागि विभिन्न तरिका अपनाएका छन् । हेरौँ आँधीले पल्टाएको ट्रकको भिडियोः