२७ कात्तिक, काठमाडौं । जापानमा ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु भएको छ ।

कास्कीको हेम्जा घर भई ३ महिना मात्रै अघि जापानको सेन्दाइ पुगेका कास्कीको हेम्जाका चिरञ्जिवी गिरीको मृत्यु भएको हो । स्थानीय समय अनुसार आज विहान सवा ४ बजे साइकलमा जेब्रा क्रसबाट बाटो काट्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

उनी टोयो इन्टरनेशनल कल्चर एकेडेमीमा अध्ययनरत थिए । उनको शव नेपाल पठाउनका लागि स्थानीय नेपालीहरुले प्रयास थालेका छन् ।