टोकियो, १ जेठ । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको त्यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ ।

यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । (रासस ÷सिन्ह्वा)