१५ फागुन, एजेन्सी । भारतको मध्यप्रदेशस्थित शहरमा एक महिलाले आफैँलाई जिउँदो प्रमाणित गर्नको लागि सरकारी कार्यालयहरु चहारिरहेकी छन् । आफू जिउँदो भएको हरेक प्रमाण जुटाउँदा पनि उनको समस्या सुन्न सरकारी अधिकारी तयार छैनन् ।

रेखा नाम गरेकी महिलाको पतिको दुई वर्ष पहिला मृत्यु भएको थियो, त्यसपछि पीडित महिला जब एकल महिलाले पाउने भत्ताको लागि आवेदन दिन जान्छिन् तब त्यहाँको सरकारी ढड्डा अनुसार उनलाई मृत घोषित गरिसकेका छन् । एकल महिलाको भत्ता पाउनको लागि उनी आफूलाई दुईवर्षदेखि जिउँदो प्रमाणित गर्न लागिपरेकी छन् ।

कतैबाट आफू जिउँदो छु भनि प्रमाणित गर्न नसकेपछि उनले प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्नो निवेदन दिएकी छन् । त्यसपछि जिम्मेवार अधिकारीहरुले उनलाई सरकारी कागजातमा जिउँदो देखाउनको लागि १५ दिनमो समय मागेको प्रमुख जिल्ला अधिकारीले बताएको भारतीय मिडियामा आजतकले लेखेको छ ।