अमेरिकी मजदुरका लागि टिकाउ कपडाको खोजी गर्दा आविस्कार भएको जिन्स अहिले सेलिब्रेटी देखि आम मानिस सम्मका लागि फेशन बनेको छ ।

के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो?

मजदुरको पोषाक आजको युगमा सबैभन्दा फेशनेवल होला भन्ने त्यतिबेला सोंचिएको थिएन होला ।

jeans clothes१९ औं शताब्दी देखि बन्न थालेको जिन्सको बारेमा बताउँदै चर्चित फ्यासन डिजाइनर आसिफ मर्चेन्ट भन्छन्, “सन् १८७३ मा निलो जिन्स पहिलो पटक आएको थियो र यो अमेरिकी मजदुरका लागि बनाइएको थियो” ।

फेशन डिजाइनका अनुसार जिन्स किन्दा ध्यान दिनु पर्ने कुरा

१- जिन्स किन्ने बेला जहिले पनि लेवल हेर्नुस् । जिन्समा कटनको मात्रा कति छ भन्ने कुरा लेवलबाट थाहा पाउन सकिन्छ । जिन्समा कटनको मात्रा ९० देखि १०० प्रतिशत छ भने त्यो आरामदायी हुन्छ । अन्यथा हुँदैन । सस्तो र महंगो जिन्सको मुख्य फरक नै त्यसमा हुने कटनको मात्रा हो ।

jeans clothes design 2

२- जहिले पनि फिट जिन्स किन्नुस् । जिन्स अमेरिकी मजदुरका लागि डिजाइन गरिएको कपडा थियो । यो त्यस्ता मजदुरको शरीरका लागि डिजाइन गरिएको थियो जुन काम गर्दा गर्दै सुगठित हुन्थ्यो । दुब्लो पातलो मान्छेले ठूलो जिनेसको कपडा लगाउँदा बोरो भिरेको जस्तो देखिन्छ । अर्को कुरा जहिले पनि शरीरमा ठिक्क मिलेको जिन्सको कपडा बढी खपाउ हुन्छ । दुब्ला मान्छेलाई विशेषज्ञहरु जिन्स नै नलगाउने सल्लाह दिन्छन् ।

३- कामकाजी मानिसका लागि कार्गो जिन्स ठिक हुन्छ । कार्गो जिन्स भनेको ठुला ठुला खल्ती भएको जिन्सलाई भनिन्छ । साथमा विभिन्न सामान राखेर काम गर्नु पर्ने मानिसका लागि कार्गो जिन्स ठिक भएको फेशन डिजाइनरहरु बताउँछन् ।

४- पातलो शरीर भएका हरुलाई स्किनी जिन्स राम्रो हुन्छ । शरीरमा टाँसिने डिजाइनको जिन्सलाई स्किनी जिन्स भनिन्छ । दुब्ला र स्लिम शरीर हुनेहरुलाई यो राम्रो देखिन्छ ।

jeans clothes design

५- गोलो र सुडौल शरीर भएकाहरुलाई आर्क सेप भएको जिन्स सुहाउँछ । मोटा तिग्रा हुनेहरुलाई यस्तो जिन्स सुहाउने डिजाइनरहरुको भनाइ छ ।

jeans clothes design 1

विश्वको आधा जनसंख्याले लगाउने जिन्सको अनौठो कथा