१४ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले जिम्बावेको तीन विकेट खसालेको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले २ र सोमपाल कामीले एक विकेट लिएका हुन् । ५ ओभरको खेल सकिँदा जिम्बावेले ३ विकेट गुमाएर ३८ रन बनाएको छ ।
नेपाललाई आज टेष्ट मान्यताप्राप्त जिम्बावेसँग अघिल्लो खेलको हारको बदला लिने मौका पनि छ । नेपालले जिम्बावेसँगको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित दर्ता गराएको थियो ।