काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्ला स्तरमा टुंगो लगाएको अध्यक्ष र सचिवप्रति बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

पार्टीको ७० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका नेता नेपाल पार्टीका जिल्ला अध्यक्ष र सचिवहरुको नामावली हातमा परेपछि कार्यक्रम स्थालबाटै बाहिरिएका हुन् । नेता नेपालले सुरु देखि नै मापदण्डका आधारमा जिम्मेबारी बाँडफाँड हुनुपर्ने आवाज उठाउँदै आएका थिए ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममै अध्यक्ष र सचिवको नामावली वितरण गरिएको थियो । महासचिव विष्णु पौडेलले सचिवालयले सर्वसम्मत पारित गरेको सूची भनेपनि विवादित बन्ने देखिएको छ ।