२५ मंसिर, धम्बोझी । बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जीपको ठक्करबाट बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–१० बस्ने राजेन्द्र थारूको ५ वर्षीया छोरी सामना थारूको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी सिरियस घाइते भएकी छिन् । उनको उपचार मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

जीपको ठक्करबाट दुवै जनाको टाउको र शरीरमा चोट लागेको थियो । दिउँसो ३ बजे बैदीबाट जयनगरतर्फ जाँदै गरेको बाँसगढी नगरपालिका–४ बस्ने ४० वर्षीय भीमबहादुर चौधरीले चलाएको भे१च १२१६ नंको जीपले पैदल यात्री सामाना थारू र रुकमणि थारू जयनगरदेखि बैदीतर्फ आउँदै गरेको बेला ठक्कर दिएको थियो । चालक र जीपलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस