दाङ, ३१ जेठ । दाङको शान्तिनगर ४ गब्दुवामा जीप दुर्घटना हुँदा ११ यात्रु घाईते भएका छन् ।
घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाईते हुनेमा शान्तिनगर १ की ३९ बर्षीया खिमा ओली र सोही ठाउँकी ५० बर्षीया छबी डाँगी रहेका छन् । उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनीहरुलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज लगिएको चिराघाट प्रहरी चौकीका प्रमुख भरतनाथ योगीले बताए ।

अन्य ९ जनाको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । शुक्रबार दिउँसो तुलसीपुरबाट खिलतपुर जाँदै गरेको लु १ ज ११९१ नम्बरको यात्रुबाहक जीप दुर्घटनामा परेको हो ।