१८ कात्तिक, डोटी ।

डोटीको वोगटा गाउपालिकाको गगुडाबाट दिपायल तर्फ गइरहेको से १ ज २६५ नं को आज बिहन जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छ ।

दुर्घटनामा मृत्यु हुनेमा के आइ सिह गाउपालिका १ का गाडीचालक ३५ वार्षिय खेमराज ओझा, आदर्श गाउपलिका १ कि १९ बर्षिया अनिता खडका रहेका छ्न भने १ जनाको सनाखत हुन सकेको छैन । गाडि सडकबाट ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा घाइतेको अवस्था बुझ्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रि वीर वहादुर वलायर घटनास्थल पुगेका छन ।