७ चैत, काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसको संभावित जोखिम कमगर्न सावधानी अपनाइरहँदा बैंकहरुले जुनसुकै एटीएमबाट पनि पैसा निकाल्दा थप शुल्क नलाग्ने व्यवस्था गरेका छन् ।

नेपाल बैंकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको हो । संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा लाग्ने शुल्क पनि लाग्ने निर्णय गरेको छ । यो निर्णय अर्को सूचना नआउञ्जेलसम्म लागू हुने संघले जनाएको छ ।

संघले पैसाबाट पनि कोरोनाको संक्रमण हुने जोखिम भएकाले संभव भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्याम प्रयोग गर्न अनुरोध गरेको छ । बैंकमा भीडभाड गर्न भन्दा मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग गर्न सुझाव दिइएको छ ।