बलिउड नायक रणवीर सिंहले मुम्बइको प्रभादेवी इलाकामा एउटा फ्ल्याट भाडामा लिएका छन्। रोचक कुरा के छ भने रणवीरले भाडामा लिएको फ्ल्याट  त्यही ब्युमोन्ड टावर नामक बिल्डिङमा छ जहाँ पत्नी दीपिका पादुकोन वर्षौ देखि बस्दै आएकी छिन्। 

दीपिका सो बिल्डिङको २६ औं तलामा ४ बेडरुमको फ्ल्याटमा बस्दै आएकी छिन। दीपिकाले सन २०१० मा १६ करोड भारुमा यो फ्ल्याट लिएकी थिइन्। 

रणवीरले भाडामा लिएको फल्याट भने ३३ औं तलामा रहेको छ। मिडिया रिपोर्टका अनुसार उनले ३ वर्षको लागि फ्ल्याट भाडामा लिएका हुन्। 

पत्नी बस्दै आएकै बिल्डिङमा छुट्टै फ्ल्याट किन लिए रणवीरले भन्ने कुरा त उनै जानुन तर भाडा भने रणवीरले राम्रै तिर्ने गरेका छन्। उनले प्रति महिना  ७ लाख २५ हजार भारु भाडामा रुपमा तिर्ने छन्। 

बलिउडमा रणवीर र दीपिका निकै राम्रो करियर अघि बढिरहेकै छ। दीपिकाको छिट्टै ‘छपाक’ नामक चलचित्र प्रदर्शनमा आउँदै छ। ‘छपाक’ दिल्लीमा भएको एसिड आक्रमणकी पिडित लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छ । 

रणवीर कबिर खानको निर्देशनमा बन्दै गरेको चलचित्र ‘८३’ मा देखिदैछन्। चलचित्र १९८३ को क्रिकेट विश्वकपमा आधारित छ। रणवीर चलचित्रमा कपिल देबको भुमिकामा आउँदैछन्।