२१ माघ, काठमाडौं । जुम्लामा रहेको एक गोठमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका–२ मा रहेको गोठमा आलागी हुँदा ४५ वर्षीया भेटेनी ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

फाइल तस्बिर

प्रहरीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । स्थानीय र प्रहरीको पहलमा आगलागी नियन्त्रण गरेका छन् । महिला महिनावारी भएको कारण गोठमा बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगालागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । घटना कसरी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।