३० मंसिर, जुम्ला । हिमपातपछि जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका–९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन् ।

फाइल फाेटाे

उनीहरु राति नै घर फर्किएपनि सञ्चार सम्पर्क स्थापित हुन नसक्दा आज दिउँसो मात्रै थाहा भएको हो । बिहीवार जडिबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए ।
बेपत्ता भएकाहरुसंग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकार समक्ष माग गरिएको थियो ।

बेपत्ता भएकाहरुको कुनै खबर नआएपछि गृहमन्त्रालयको निर्देशनमा प्रदेश सरकारले खोजीका लागी हेलीकप्टर पठाउन लागेको थियो । जुम्लामा घाम लागेपनि सुर्खेतमा हुस्सु लागेका कारण हेलिकप्टर उड्न ढिलाइ भएको थियो ।