१५ फागुन, काठमाडौ । गएराति जोरपाटीमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जोरपाटीबाट नयाँबस्तीतर्फ जाने क्रममा बा५५प ६९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोक स्थायी घर भई हाल जोरपाटी बस्ने २८ वर्षीय सोनाम तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको स्थानीय शङ्खरापुर अस्पताल जोरपाटीमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब निरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। रासस