१८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकि बिरामीको औषधि उपचार गर्न निर्देशन दिएका हुन् ।

अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको मृत्युको मुखमा पुगेको भन्दै उनले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन दिनु भएको हो । ‘अस्पतालले ज्वरोका बिरामीदेखि हराएर उपचार नगरेको पाइएको छ । बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट ग्रस्त बिरामीको अवस्था जटिल भएर मृत्युको मुखमा पुगेका छन्’ उनले भने, ‘हामीले अस्पताललाई चाहिने औषधिजन्य सामग्री दिएर स्वास्थ्यकर्मीको मनोबल बढाएका छौँ । त्यसैले ज्वरोको बिरामी नहरेर मर्ने स्थितिमा नपु¥याउनुहोस् ।’

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवार, साथीको निगरानी (कन्ट्याक ट्रेसिङ्ग) गरिएको जानकारी गराए । उनले अनुसार सङ्क्रमित दुई जनाको ‘कन्ट्याक ट्रेसिङ्ग’ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ । रासस