४ माघ, काठमाडौं । पूर्व एमाले र पूर्व माओवादीबीच एकतापछि पनि मन भने एक हुन नसकेको देखिएको छ ।

सम्पादक समाज नेपालले स्व.गोविन्द वियोगीको १४ औँ स्मृति दिवसको अवसर पारेर आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पूर्व एमाले र पूर्व माओवादीका नेताबीचनै पार्टी एक भए पनि मन एक हुन नसकेको देखिएको हो ।

फाइल तस्बिर

कार्यक्रममा पूर्व माओवादी नेता अमृत कुमार बोहोराले पूर्व एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई नेकपा एमालेका वरिष्ठ नेता भनेर सम्बोधन गरेका थिए । यो सम्बोधनपछि कार्यक्रममा उपस्थित वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ तथा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद हिक्मत तामाङ एकआपसमा हेरेर केही असन्तुष्टि जनाउँदै मुस्कुराउनु भएको थियो ।

यसैबीच, अघिल्लो वर्ष नार्गाजुन शिवपुरी निकुञ्जस्थित मार्गलाई गोविन्द वियोगी मार्ग नामाकरण गरिएकोमा यस पटक निकुञ्जले उक्त नाम हटाएकोप्रति महासचिव श्याम डोटेलले गम्भीर आपत्ति जनाएका थिए ।