२२ फागुन, एजेन्सी।
टर्कीको सबैभन्दा ठूलो पत्रिका जमान टर्की सरकारले नियन्त्रणमा लिएको छ । सरकारले सम्पादकीय नियन्त्रणमा लिएपछि प्रहरीले उक्त पत्रिकाको कार्यालयमा छापा मारेको छ ।zaman turkey paper

इस्तानबुलस्थित मुख्यालय प्रवेश गर्ने क्रममा प्रदर्शनकारीको भीड हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । जमान पत्रिका अमेरिकामा बस्दै आएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनले चलाएको जिहमेत अभियानसँग निकट रहेको मानिन्छ ।

पछिल्ला तीन चार वर्षमा सरकारी गुलेनका समर्थकमाथि धरपकड गर्ने एउटा हिस्साको रुपमा पछिल्लो सरकारी कदमलाई हेरिएको छ । टर्कीले हिज्मेतलाई आतंकवादी समूहको रुपमा हेर्ने गरेको र उसको उद्देश्य राष्ट्रपति रिजिप तय्यीप एर्डोआनलाई सत्ताच्यूत गर्नुरहेको सरकारको आरोप छ ।

पत्रिका र पत्रकारप्रति टर्की सरकारले अपनाएको रवैयाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त नियन्त्रणलाई सरकारको आलोचना गर्ने सञ्चारमाध्यममाथि टर्की सरकारले चालेको तनावपूर्ण न्यायिक र कानुनी कदमको एउटा श्रृंखला भएको बताएका छन् । उक्त पत्रिकाका प्रधान सम्पादक अब्दुलहामित बिलिसाइले सम्पादकीय नियन्त्रणलाई मुलुक र लोकतन्त्रका लागि कालो दिनको संज्ञा दिएका छन् ।

शुक्रबार आदेश सुनाउँदै एउटा टर्कीको एक अदालतले जमान पत्रिका नियन्त्रणमा लिन सरकारी अधिकारीलाई आदेश दिएको थियो । तर, टर्कीमै सबैभन्दा बढी बिक्री हुने पत्रिकामाथि नियन्त्रण गर्नुपर्नाको कारणबारे भने अदालतले केही खुलाएको छैन ।

यो पनि पढ्नुस्।

विश्वका सर्वाधिक धनी व्यक्तिको सूचि सार्वजनिक, मार्क १० स्थान माथी उक्लिए