२२ फागुन, एजेन्सी । टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट भएको छ । सिरियामा भएको सैन्य हस्तक्षेपको विषयलाई लिएर एक सांसदले राष्ट्रपति रेसेप तैयप एर्डोगानको आलोचना गरेपछि कुटाकुट भएको हो ।

विपक्षी दलका सांसद एंगिन ओजकोकले राष्ट्रपति एर्डाेगान सैनिकको अनादर गरेको र गैरजिम्मेबार बनेको आरोप लगाए । त्यसपछि सत्तापक्षको सांसदले उठेर आक्रमण गरेपछि दुई पक्षबीच कुटाकुट भएको बीबीसीले जनाएको छ ।

त्यस्तो विवादित क्षेत्रमा सेना पठाएर राष्ट्रपतिले टर्कीले सिरियामा विद्रोहीलाई सैन्य सहायता प्रदान गरिरहेको छ । तर पछिल्लो महिना मात्रै ५० जना भन्दा धेरै टर्कीका सैनिक मारिएका छन् । यसअघि एक भाषणका दौरान राष्ट्रपति एर्डोगानले सिरियाको उत्तरपश्चिम प्रान्तमा सैन्य सहभागिताका विषयमा प्रतिपक्षले उठाएको प्रश्नलाई बेइमान, अज्ञानी र विश्वासघातिको आरोप लगाएका थिए ।

संसदका सभामुख मुस्तफा सेन्टोपले पनि विपक्षी सांसदको भनाईको आलोचना गरेको अन्तरौष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।