२५ मंसिर, काठमाडौं ।

टाटाका ब्यवसायिक गाडी विक्री वितरण गर्दै आएको शशीला मोटर्सले शनिबार एकैदिन काठमाडौं र भक्तपुरमा २ भब्य शोरुमको उद्घाटन गरेको छ ।

शनिवार विशेष समारोहकावीच शशीला मोटर्स (रवीभवन, काठमाडौं) र शशीला मोटर्स (सूर्यविनायक, भक्तपुर) संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

tata-1

अटोमोवाइल ब्यवसायमा डेढ दशक लामो अनुभव भएका सन्तोष खतिवडाको नेतृत्वमा दुवै शो रुम संचालानमा ल्याइएको हो । टाटा मोटर्सका दक्षिण एशिया क्षेत्रीय निर्देशक सतीश मच्छेराजु र सिप्रदी ट्रेडिङका निर्देशक सौर्य राणाले संयुक्तरुपमा शोरुम उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको पनि उपस्थिति थियो । हरिबंश आचर्यले ‘शशीला’ आफ्ना लागि ‘खुशिला’ बनेर आएको बताए ।

tata-2

शशीला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले आफ्नो पहिलो शोरुम बैसाख १२ मा आएको भूकम्पले पुरिदिएपनि १ वर्षमै आफूले २ शोरुम उद्घाटन गर्न पाउँदा गौरवान्वित भएको अनुभव सुनाए ।

म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले शशिला मोटर्सले काठमाडौ र भक्तपुरका ब्यवसायीलाई बैंक फाइनन्सको सुविधा समेत उपलब्ध गराएर असाध्यै सहजताका साथ टाटाका ब्यवसायिक गाडी उपलब्ध गराउने भएका कारण गाडी खरिद गर्न ब्यवसायीलाई भौतारिनु नपर्ने र निम्न पुँजी भएका ब्यवसायीलाई पनि गाडीधनी बनाउने काम शशीला मोटर्सले गर्दै आएको र गरिहने प्रतिबद्धता जनाएका छन् ।

tata-4

शशीला मोटर्सका निर्देशक सुवास खतिवडाले भूकम्पले सबै शोरुम ध्वस्त पार्दा पनि म्यानेजिङ डाइरेक्टरको कुर्सी बँचेको कथा सुनाउँदै त्यही कुर्सी अर्थात कम्पनीको नेतृत्वले आफूहरुलाई यहाँ सम्म ल्याएको बताए ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा गाडीको उत्कृष्ट माइलेज, उत्कृष्ट वारेन्टी, देशकै सवै भन्दा ठूलो विक्री, सर्भिस र स्पेयर्स पार्टसको संजाल, न्युनतम मर्मत खर्च र उच्च पुर्नविक्री मूल्य टाटाको पञ्चतत्व भएको बताए ।

उपत्यकाका ब्यवसायीहरुलाई सहज र सरल रुपमा गाडी उपलब्ध गराउने उद्देश्यले यी दुई शो रुम स्थापना भएसंगै उपत्यकाका ब्यवसायीले सिप्रदी ट्रेडिङकै मूल्यमा अझ थप सहजता र सुविधाका साथ गाडी खरिद गर्न सक्नेछन् ।

tata-5

शशीला मोटर्सले काठमाडौं र भक्तपुरमा टाटा मोटर्सका साना ब्यवसायिक गाडीहरु विक्री गर्दै आएको छ ।