३ असोज, काठमाडौं ।

शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ ।

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई गए राति पैदल यात्राका क्रममा बा ७ च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएकामा उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरी नियन्त्रणमा छन् ।