२४ पुस, एजेन्सी । नेपालका टिकटक एकदमै चर्चित एप्लिकेसन बनेको छ । छोटो भिडियोहरुमार्फत आफ्ना प्रतिभा देखाउन पाउने भएकोले यो एप एकदमै चर्चित बनेको हो । टिकटमा मानिसहरुले आफ्ना प्रतिभा देखाउनुको साथै दैनिक गतिविधिहरुको पनि भिडियो सार्वजनिक गरिरहेका हुन्छन् । नेपालमा मात्र नभएर विश्वका अन्य देशहरुमा पनि टिकटक एकदमै चर्चित छ । चर्चित भएसँगै टिकटक आलोचित पनि बन्दै गएको छ । आलोचना बढेपछि टिकटकले अब कस्ता भिडियोहरु हाल्न नपाइने भन्ने निर्देशिका जारी गरेको छ ।

सर्ट भिडियो एप्लिकेसन टिकटकले बुधबार विभिन्न सामाग्रीहरु हटाउनेबारेमा निर्णय गरेको छ । कम्पनीले कुनैपनि धार्मिक, राष्ट्रियताको आधारमा कुनै पनि व्यक्ति वा समूहप्रति हिंसा देखाउने किसिमका भिडियोहरुलाई हटाउने भएको हो । साथै कम्पनीले त्यस्ता हिंसा फैलाउने भिडियोहरु राखेको केही समयमा नै हटाउने पनि जानकारी गरेको छ । टिकटकले १३ वर्ष उमेरका एकाउन्टहरु पनि बन्द गरिने बताएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले विभिन्न धार्मिक, राष्ट्रियता र हिंश्रक सामाग्रीहरुलाई टिकटकबाट हटाएका छौँ । यो विज्ञप्तिमार्फत सबैले किन हटाइयो भन्नेबारेमा उचित जानकारी पाउनुभयो होला ।’ नेपालमा पनि कम्पनीले यस्ता भिडियोहरु हटाइरहेको छ । कतिपय यसका प्रयोगकर्ताले सामान्य भिडियोहरु पनि टिकटकले किन हटायो भन्दै पुनः अपलोड गरिरहेको देखिन्छ ।

चिनियाँ कम्पनी टिकटकको विषयमा अमेरिकाकमा प्रायजसो विवाद भइरहेको छ । अमेरिकी सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल रोबिन ओचोआले राष्ट्रिय सुरक्षा चुनौती बढेको भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाएको छ । शुरुवाती चरणमा नेवी र रक्षा विभागमा प्रतिबन्ध लगाइएको थियो । अमेरिकाले गतवर्ष जासुसीको आरोपमा चिनियाँ कम्पनी हुवावेलाई अमेरिकामा प्रतिबन्ध लगाइएको थियो । जबकी केही महिनापछि त्यसलाई पुनः हटाइएको छ । योबीचमा हुवावेले आफ्नै अपरेटिङ सिस्टम तयार गरेको थियो ।