टिकटकको स्वामित्व बोकेको कम्पनी बाइट डान्सले स्मार्टफोन निर्माण गर्ने तयारी गरेको छ।

टिकटक तीब्रगतिमा विस्तार हुँदै गरेको भिडियो शेयरिङ सोसियल मिडिया एप हो जसको प्रयोगकर्ता ५० करोड भन्दा बढि छन्।

१५ सेकेण्डको भिडियो शेयर गरिने यो एपलाई स्टोरहरुबाट १०० करोड भन्दा बढि पटक डाइनलोड गरिसकिएको छ।

बाइट डान्संग टिकटकका अलावा स्ल्याक अल्टरनेटिव लार्क, फ्लिपच्याट, टुटियो लगायतका चल्तीका एपहरुको स्वामित्व छ तर सबै भन्दा चर्चित एप भने निसन्देह टिकटिकनै हो।

टिकटकले बजारमा ल्याएको तरंग यति विशाल थियो कि उबरलाई पछि पार्दै टिकटपक ७५ बिलियन अमेरिकी डलरको कम्पनी बनिसकेको छ।

एक चिनियाँ मिडियाले जनाए अनुसार बाइट डान्स बिगत ७ महिना देखि स्मार्ट निर्माणमा लागिपरेको छ।

निकै प्रतिष्पर्धात्मक रहेको स्मार्टफोन बजारमा नयाँ फोन निर्मातालाई पेनेट्रेट गर्न भने सजिलो छैन्।

टिकटकको निर्माताले ल्याउने स्मार्टफोन टिकटक जतिकै लोकप्रिय हुन्छ कि हुँदैन् त्यो त समयले नै बताउनेछ।