उदयपुर, ४ असार । उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुइजनाको मृत्यु भएको छ ।

निर्माणाधिन मदनभण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार सोहि नगरपालिकाका ४६ वर्षीय खगेन्द्र साम्पाङ र ४५ वर्षीय जीवन साम्पाङको मृत्यु भएको हो ।

बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको स ४ प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएपनि चालक र सहचालक फरार रहेकाले खोजिकार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।