२४ असार, उदयपुर ।

उदयपुरमा टेम्पोबाट लडेर एक महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ५ गाईघाट कदमाहा सडक खण्डमा आज टेप्पोबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय सरस्वती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विहान ७ बजेतिर दुर्घटनामा परी गम्भिर घाइते भएकी सरस्वतीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमबहादुर राना मगरले बताए ।