१३ फागुन, काठमाडौं।

उपभोक्ताबाट अवैध रुपमा शतप्रतिशतभन्दा बढी नाफा असुल गरेको भन्दै उपभोक्तावादी  दुई संस्थाले नेपाल टेलिकममाथि कारबाही गर्न सरकारसंग माग गरेका छन्।  आजको अन्नपूर्णमा खबर छापिएको छ।

राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता हित संरक्षण मञ्चले बुधबार छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएर टेलिकममाथि कारबाहीको माग गरेका हुन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएका छन्। महर्जनले व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, लेखा समिति र विकास समितिलाई ज्ञापनपत्र बुझाउँदै सरकारी स्वामित्वको नेपाल टेलिकमले कालोबजारी तथा केही ऐन विपरीत अत्याधिक परिमाणमा उपभोक्ताबाट नाफा असुल गरी ठगी गरेको भन्दै कारबाही गर्न माग गरेका छन्।