२३ साउन, काठमाडौं । नेपाली बलर सन्दिप लामिछाने आबद्ध टोरन्टो नेश्नल्स क्यानडामा जारी ग्लोबल टी–ट्वेन्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा टोरन्टोले मोन्ट्रीयल टाइगर्सलाई ३५ रनले पराजित गरेको हो । यो खेलमा नेपाली बलर सन्दिपले १ विकेट लिए । प्रतियोगितामा यो उनको तेस्रो विकेट हो । ३ ओभर मात्रै बलिङ गरेका उनले २५ रन दिए । पहिले ब्याटिङ गरेको टोरन्टो नेश्नल्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

१ सय ९० रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको मोन्ट्रीयल टाइगर्स १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १५४ रनमा समेटियो । इलिमिनेटरमा टोरोन्टोले आज वीन्नीपेग हक्ससँग प्रतिष्पर्धा गर्नेछ ।