३ भदौ, एजेन्सी । तान्जिनियाको तेल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

तान्जिनियाको पूर्वी क्षेत्रमा स्थित मोरोगोरोमा तेल ट्याङ्कर विस्फोटमा मर्नेको संख्या ९७ पुगेको छ । सोमबार एक अधिकारीले यसको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

ट्याङ्करबाट चुहिएको तेल समेटिरहेका बेला एक्कासी विस्फोट भएपछि त्यहाँ तेल संकलन गरिरहेका ६० जनाको घटनास्थलमै मृत्यु भएको हो । १० अगस्टमा भएको विस्फोटमा १८ जनाको अवस्था एकदमै गम्भीर छ ।

याे पनि पढ्नुहाेस्: पेट्रोल ट्याङ्कर विस्फोटः ६२ जनाको मृत्यु, ७० घाइते