२७ कात्तिक, दमक । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ स्थित रेखा पुल नजिकै ट्रकको ठक्करबाट बिर्तामोड नगरपालिका–१ बस्ने ३९ वर्षीय दिल बहादुर तामाङको मृत्यु भएको हो ।

तामाङलाई आइतबार बेलुका ७ बजेतिर ना ३ ख ४४६३ नम्बरको रड, सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनलाई वि एण्ड सी अस्पताल बिर्तामोड लैजादैँ गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमानीले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।