दैलेख,१० जेठ । दैलेखमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा दैलेखको ठाटिकाध गाउँपालिका ६ का धर्म थापा, जोर बहादुर थापा र दिपेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले जानकारी दिए ।

सुर्खेतबाट खाद्यान्न बोकेर कर्णाली राजर्माग हुँदै दैलेखको ठाँटीकाँध गाउँपालिका तर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनि ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नं. १ निगाल झाप्रामा दुर्घटना भएको थियो ।

ट्रक सडकबाट ३ सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।