१८ साउन काठमाडौं । चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ख २२८४ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु ४२ प ६५४२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोही स्थानका मोटरसाइकल चालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन् । उनको अवस्था सुधारोन्मुख रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।