७ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आसन्न भारत भ्रमणबारे तयारी तिब्र छ । न्यूयोर्क शहरको ठूलो हिस्सा बसाउने श्रेय ट्रम्पलाई जान्छ । राजनीतिक र व्यवसायिक उपलब्धिका अलावा ट्रम्प एक कुशल एथलीट पनि हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प १४ जुन १९४६ मा न्यूयोर्कमा जन्मिएका हुन् । ट्रम्पका कूल पाँच दाजुभाई र दिदीबहिनी छन् । उनले शुरुवाती शिक्षा क्यू वान स्कूल वन हिल्स न्यूयोर्कमा पूरा गरे । ट्रम्पका पिता फ्रेड ट्रम्प जर्मन र आमा मैरी ट्रम्प स्कटिस थिए । मैरीको जन्म स्कटल्याण्डमा भएको थियो । फ्रेडका पहिलो चार पुस्ता जर्मनीमा जन्मिए तर फ्रेडको परिवार न्यूयोर्क सिटीमा बस्थ्यो ।

फ्रेड र मैरीको विवाह सन् १९३६ मा भयो । न्यूयोर्कमै १४ जुन १९४६ मा डोनाल्ड ट्रम्पको जन्म भएको थियो । फ्रेडले न्यूयोर्क शहरको सबैभन्दा ठूलो रियल स्टेट डेभलपरका रुपमा आफूलाई स्थापित गरेका थिए । जसको विरासतलाई ट्रम्पले सम्हाले र विश्वका थुप्रै देशसम्म विस्तार गरे । १३ वर्षको उमेरमा ट्रम्प न्यूयोर्कको सैन्य एकेडेमीमा पढ्न गए ।

उनी पढाइबाहेक खेलमा पनि रुची राख्दथे । कलेजका दौरान ट्रम्पले स्टार एथलिट र विद्यार्थी नेताका रुपमा आफनो परिचय स्थापित गरेका थिए । सन् १९६४ मा उनले स्नातकको डिग्री हासिल गरे । फोर्डहाम विश्वविद्यालयमा दुई वर्ष पढेपछि ट्रम्पले रियल स्टेट पेन्सिलभेनिया विश्वविद्यालयमा पनि पढे । उनले यस विश्वविद्यालयबाट व्हार्टन स्कूल अफ फाइनान्स एण्ड कमर्सको रियल स्टेट अध्ययनका विषयमा डिग्री हासिल गरे ।

ट्रम्प पाँच सन्तानमध्ये चौथो हुन् । उनीभन्दा मुनीका कान्छा भाई फ्रेड जुनियरको सन् १९८१ मा धेरै रक्सी खाएका कारण निधन भयो । यो घटनाले ट्रम्पलाई पुरै परिवर्तन गरायो । त्यहाँदेखि ट्रम्पले रक्सी र चुरोट कहिल्यै नछुने प्रण गरे । राष्ट्रपति ट्रम्पले तीन वटा विवाह गरे । पहिलो पत्नी इवानका तर्फबाट तीन वटा बच्चा भए ।

पहिलो श्रीमतीबाट जन्मिएकी छोरी इवान्का अहिले ट्रम्पको बरिष्ठ सल्लाहकार पनि छिन् । उनकी पत्नी तथा चेक गणराज्यमूलकी मोडल इवाना जेलनिकोवाले ३१ डिसेम्बर १९७७ मा जेठो छोरा डोनाल्ड जुनियरलाई जन्माएकी थिइन् । यसबाहेक तेस्रो सन्तानका रुपमा छोरा एरिक पनि छन् । अरु दुई श्रीमतीबाट ट्रम्पका एक एक सन्तान छन् ।

दोस्री पत्नी मार्ला म्यापल्सबाट जन्मिएकी एक छोरी टिफनी छिन् । अहिलेकी पत्नी मेलानिया ट्रम्पबाट एक छोरा छन् । जसको नाम ब्यारन हो । ब्यारन अहिले १४ वर्षको भएका छन् । वर्ष २०१५ को फोब्र्सका अनुसार ट्रम्पको सम्पति करिब चार बिलियन डलर नजिक रहेको छ ।