११ पुस, एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सहयोगीले राष्ट्रपति बराक ओबामालाई गम्भिर श्राप दिएका छन् ।

किराँती र रायमाझीले दिए प्रचण्डलाई पार्टी छोड्ने धम्की

ट्रम्पका सहयोगी ब्यवसायी कार्ल पालाडिनोले ओबामा गम्भिर रोग लागेर मर्ने र चौबाटोमा गाडिने श्राप दिएका छन् । गत शुक्रबार उनले एक अखबार सँग कुरा गर्दै ओबामा पत्नी मिशेल ‌ओबामा पुरुष भएको बताए ।

barack-obama-sad

कार्ल पालाडिनो रिपब्लिकन पार्टीबाट सन् २०१०मा गभर्नर लडेका ब्यक्ति हुन् । उनको इच्छाबारे सोधिएको प्रश्नमा पालाडिनोले ओबामालाई गम्भिर रोग लागेर मरेको हेर्न चाहेको बताए ।

उनले भनेका छन्, ‌ओबामालाई म्याड काउ डिजिज होस् र उनी त्यसकै कारण मरुन्। उनले ‌ओबामाले नश्लीय भावना बढाएर अमेरिकालाई बरवाद बनाएको बताएका थिए ।