४ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोविड-१९’ अर्थात कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले आक्रोश व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुहाङले अमेरिकाले चीनको बद्नाम गर्न खोजेको टिप्पणी गरे । ‘हामी अमेरिकालाई गल्ती सुधार्न र चीन विरुद्ध यस्ता आधारहीन आरोप लगाउने काम तत्काल रोक्ना आग्रह गर्दछौं ।’ उनले भनेका छन् । मन्त्रालयका प्रवक्ता गेंगले चीनलाई बदनाम गर्नुअघि आफ्ना नागरिकको ख्याल गर्न चेतावनी दिएका विविसीले जनाएको छ ।

ट्रम्पको भाषा नश्लबादि साेचकाे उपज भएको भन्दै चीनले भाइरसको जोखिमबाट अत्तालिएर उनले गैरजिम्मेवारी र अक्षमता देखाएको टिप्पणी गरको सिन्हवाले उल्लेख गरेको छ । कोविड-१९ भाइरस सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा भेटिएको थियो ।

यद्यपी गत हप्ता चीनका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले चिनियाँ क्षेत्रमा भाइरसको संक्रमण फैलाएको आरोप लगाएका थिए । ट्रम्पले ट्वीट गर्दै कोरोनालाई चिनियाँ भाइरस भनेपछि चीन रुष्ट बनेको हो ।