७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नेपाली समयअनुसार मंगलबार राति सवा ११ बजेदेखि महाअभियोगको प्रक्रिया शुरु हुँदैछ । अमेरिकाको इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन लागिएको यो तेश्रोपटक हो ।

महाअभियोग विरुद्ध डोनाल्ड ट्रम्पलाई बचाउनको लागि तीन वकिलहरुको समूहले काम गरिरहेका छन् । तल्लो सदनबाट ट्रम्पको महाअभियोग स्वीकृत भएर आइसकेको छ भने माथिल्लो सदन सिनेटबाट उक्त प्रस्ताव पारित नहुने देखिएको छ । राष्ट्रपति ट्रम्पमाथि लागेको महाअभियोगको प्रस्तावको विरुद्धमा पूर्व राष्ट्रपति विल क्लिन्टनसँग रहेका तीन वकिलहरुले बहस गर्नेछन् ।

सिनेटमा राष्ट्रपति ट्रम्पले प्रतिनिधित्व गरेको केन स्टार र रोबर्ट रे नामक दुई वकिल छन् । जसले विल क्लिन्टनको महाअभियोगको अनुसन्धान गरेका थिए । यसको आलावा ट्रम्पको पक्षमा ऐलेन डर्शोविट्सजस्ता चर्चित वकिलहरु प्नि रहेका छन् ।

ऐलेनले पूर्व अमेरिकी फुटलबल र अभिनेता ओजे सिंपसनको मुद्दामा पनि बहस गरिसकेका छन् । ह्वाइट हाउसका वकिल प्याट सिपलोनी र ट्रम्पको निजी वकिल जे सीकूलोले ट्रम्पको बचाउ गर्दै वकिलको टीमको नेतृत्व गर्नेछन् ।