१६ मंसिर, एजेन्सी । जब तपाईं जाममा पर्नुहुन्छ त्यो समय तपाईंलाई पनि त्यस ठाउँबाट उडेर जामभन्दा टाढा जाउँजस्तो लाग्दो हो । इंडोनेसियाको राजधानी जकार्तामा बस्ने जुजुन जुनैदीको दिमागमा यस्तै सोच आएपछि उनले आफ्नै हेलिकप्टर बनाए ।

दिनदिनै हुने ट्राफिक जामबाट छुटकारा पाउनको लागि आफूले हेलिकप्टर बनाउने निर्णय गरेको जुनन जुनैदको भनाइ छ । गाडी बनाउने मेकानिक समेत रहेका जुनैदीले १८ महिनाअघिदेखि हेलिकप्टर बनाउन शुरु गरेका थिए । उनले अहिलेसम्म हेलिकप्टर बनाउनको लागि १ लाख ५० हजार रुपैयाँ खर्च गरिसकेका छन् ।

जुनैदीले बनाएको हेलिकप्टरको लम्बाई २६ मिटरको छ । पेट्रोलबाट उड्ने हेलिकप्टरमा ७ सय सीसीको २३ हर्जपावरको जेनेरेटर लगाइएको छ । हेलिकप्टरको अहिलेसम्म उडनको परीक्षण गरिएको छैन ।

२०२० को शुरुवातसम्म हेलिकप्टर बनिसक्ने जुनैदीको भनाइ छ । त्यसपछि उनले हेलिकप्टरको परीक्षण गरिनेछ । हेलिकप्टर बनाउनको लागि जुनैदीले आफ्नो कमाईको आधाभन्दा बढी हिस्सा खर्च गरिसकेको बताइएको छ ।