२३ फागुन, पाल्पा । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पा सडकखण्डको लामीडाँडामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थालमै ज्यान गएको छ । दुर्घटनामा तानसेन २ मेहलधारकी ५५ वर्षीया मधु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मृतक श्रेष्ठको श्रीमान मोटरसाइकल चालक हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनबाट बुटवल जाँदै गरेका लु ७ प ४३४ नं को मोटरसाइकलाई लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुशन्धान भइर्रहरेको छ ।