५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीटरमा नाम परिवर्तन गरेका छन् ।

विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको जनचेतनाको लागि भन्नै पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो ट्वीटरमा ‘नियमित हात धोऔँ/वास योर ह्याण्ड्स’ नाम राखेका छन् । यद्यपि उनको ट्वीटर ह्याण्डल भने परिवर्तन भएको छैन । विज्ञका अनुसार संक्रमणबाट जोगिने प्रमुख उपाय हात धुनु भएकोले आफूले नाम परिवर्तन गरेको उनको स्पस्टिकरण दिएका छन् ।

कोरोना भाइरसको जोखिम विश्वभर बढेसँगै बुधबार सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्न क्लब स्वीमङपुललगायतका मनोरञ्जनस्थलहरु बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक नभई आवतजावत र हिँडडुल बन्द गर्न आग्रह गरेको छ ।

फाइल तस्बिर

साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि रोक लगाइएको छ । यसको अनुगमन प्रदेश सरकार र स्थानीय तहले गर्नेछ । साथै सरकारले अरु विभिन्न निर्णयहरु पनि गरेको छ ।