२३ भदौ, काठमाडौं । आधुनिक समाजमा सामाजिक सञ्जाल जीवनको एक पाटो बनिसकेको छ । सामाजिक सञ्जालमार्फत मानिसहरुले सहजै आफ्ना कुरामा धेरै मानिसमा पु¥याउन मद्दत पुग्ने भएर पनि सामाजिक सञ्जालको लोकप्रियता संसारभर बढ्दै गइरहेको छ । सामान्य मानिसहरुदेखि नेता, कलाकार र अन्य सामाजिक व्यक्तित्वहरुको लागि त सामाजिक सञ्जाल बरदान नै सावित भएको छ ।

आजकल नेताहरुले आफ्ना कुरा भन्नुप¥यो भने पत्रकार सम्मेलन वा कुनै सभा, समारोहको पखाई गरिराख्नु पर्दैन । आफ्ना कुराहरु सामाजिक सञ्जालमा लेखिदिए उनलाई पछ्याउने सबैले एकैपटक पुग्छ । उसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त अधिकांश आफ्ना भनाईहरु सामाजिक सञ्जाल ट्वीटरमार्फत दिनेगर्छन् । सामाजिक सञ्जालमध्ये पनि ट्वीटरले बौद्धिक बहस हुने सामाजिक सञ्जालको रुपमा अघोषित मान्य पाइसक्यो । आज हामी नेपालमा सबैभन्दा बढी ट्वीटर फलोअर्स भएका नेताहरुको बारेमा जानकारी दिदैछौं ।

१. बाबुराम भट्टराईः
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई ट्वीटरमा सबैभन्दा बढी लाइक हुने नेपालका नेता हुन् । उनको आधिकारिक ट्वीटर ह्याण्डललाई ११ लाख भन्दा बढी ट्वीटर प्रयोगकर्ताले फलो गरेका छन् । सन् २०१३ को जनवरीदेखि ट्वीटर चलाउन शुरु गरेका भट्टराईको एकाउन्ट भेरिफाइड छ ।

२. गगन थापाः
पाली कांग्रेसका युवानेता गगन थापा ट्वीटमा धेरै पछ्याउने नेताहरुमा पर्छन् । उनको ट्वीटर ह्याण्डललाई आजसम्म ९ लाख १२ हजारभन्दा धेरैले पछ्याएका छन् । सन् २००९ नोभेम्बरदेखि ट्वीटर चलाउन थालेका थापाको एकाउन्ट ट्वीटरले भेरिफाइ गरिसकेको छ ।

३. रविन्द्र मिश्रः
पूर्व सञ्चारकर्मी एंव साझा पार्टीका संयोजनक रविन्द्र मिश्र पनि ट्वीटरमा धेरै पछ्याउने नेताको सूचीमा तेश्रो स्थानम परेका छन् । उनकाको आधिकारिक ट्वीटर ह्याण्डललाई ८ लाख ७५ हजारभन्दा धेरैले फलो गरेका छन् । सन् २०११ को अगस्टबाट ट्वीटरमा सक्रिय मिश्रको एकाउन्टलाई भने ट्वीटरले भेरिफाइ गरेको छैन ।

४. कमल थापाः
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापापनि ट्वीटरमा धेरै प्रयोगकर्ताले पछ्याउने नेताहरुमा पर्छन् । उनको आधिकारिक ट्वीटर ह्याण्डललाई ६ लाख १८ हजारभन्दा बढी फलोअर्सले पछ्याएका छन् । सन् २०१३ को फेब्रअरीबाट ट्वीटरमा सक्रिय थापाको एकाउन्ट पनि भेरिफाइड छ ।

५. केपी शर्मा ओली
देशमा प्रधानमन्त्री केपी शर्मा ओलीको बरियता पहिलो स्थानमा भएता पनि ट्वीटर फलोअर्सको बरियतामा भने प्रधानमन्त्री केपी शर्मा ओली पाँचौँ स्थानमा आइपुगेका छन् । प्रधानमन्त्री ओलीको ट्वीटर ह्याण्डललाई ४ लाख ८१ हजारले पछ्याएका छन् । यद्यपि यो उनको व्यक्तिगत ट्वीटर ह्याण्डल भने होइन, यो प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल हो । उनको व्यक्तिगत ट्वीटर ह्याण्डलमा भने ४ लाख ११ हजारभन्दा बढी फलोअर्स छन् ।