२२ कात्तिक, काठमाडौं । टिकटिकबाट चर्चामा आएका ट्वीन्स गर्ल प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

‘रनभुल’ बोलको गीतमा ट्वीन्स गर्लको साथमा सागर लम्साल र मञ्जित बस्नेतको अभिनय छ । गीतमा तिलक बस्नेत मोलिसा आलेमगरको स्वर छ । सन्तोष सुनारको संगीत रहेको गीतमा स्वयं गायक तिलककै शब्दरचना छ । रिकेश गुरुङको एरेन्जमा बनेको गीतमा कुमार रानाको मिक्सिङ छ ।

गीतको भिडियोलाई गम्भीर विष्टको कोरियोग्राफी छ भने भिडियो सम्पादक टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । रामकुमार केसीले खिचेको गीतलाई स्वयं निर्देशक शाहले सम्पादन गरेका हुन् ।