४ पुस, काठमाडौं । युवा संघका रुपन्देहीका कार्यवाहक जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि रुपन्देही तनावग्रस्त भएको छ । युवा संघका कार्यकर्ता र स्थानीय बासिन्दाले सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् ।

बैठकमा ओलीको सान, सभामुखको मान कि अपमान !

हत्या भएको केही समय पछि इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीलाई मलेसियाबाट फोन गरी एक व्यक्तिले आफूले तिवारीको हत्या गराएको बताएका छन् । देवदह २ खैरेनी घर भई हाल मलेसियामा रहेको बताउने मनोज पुनले डिएसपी मरासीनीलाई फोन गरेका हुन् ।

रुपन्देही युवासंघका जिल्ला अध्यक्षमाथी गोली हानियो, अस्पतालमा मृत्यु

उनले स्थानीयलाई पनि फोन गरी ठेक्का पट्टामा कुरा नमिलेकाले हत्या गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र घानुकका अनुसार देवदहमा ईट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे गोली प्रहार भएको हो ।

सयौं पाइलट डिप्रेशनको शिकार !

प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएअनुसार मोटरसाईकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । झण्डै ९ महिनाअघि पनि उनीमाथि गोली प्रहार भएपनि उनलाई लागेको थिएन ।