२ वैशाख, काठमाडौ ।
अमेरिकी डलर रुपैंयाँसँग थप मजबूत भएको छ । करीब एकसातादेखि प्रतिडलर विनिमयदर एकसय रुपैंयाँभन्दा माथि रहेको हो । बुधबार पनि नेपाल राष्ट्र बैंकले अघिल्लो दिनकै भाउलाई निरन्तरता दिंदै प्रतिडलर विक्रीदर १ सय रुपैंयाँ ३२ पैसा निर्धारण गरेको छ ।

dolor us

 

वाणिज्य बैंकहरुले भने खुला बजारमा एकस २ रुपैंयाँसम्ममा डलरको कारोबार गरेका छन् । यसअघिका केहीदिन पनि प्रतिडलर विक्रीदर एकसय रुपैंयाँ थियो । गतसाता भर नै प्रतिअमेरिकी डलरको विनिमय दर १ सय रुपैँयाकै हाराहारीमा रहेको थियो ।

त्यसअघि भने लामो समयसम्म प्रतिडलर विक्रीदर एकसय रुपैंयाँभन्दा माथि नै थियो । डलर बलियो हुँदा आयातमुखी अर्थतन्त्र भएका कारण नेपाली अर्थतन्त्रको नोक्शानी बढ्ने गर्दछ ।