३१ भदौ, एजेन्सी । भारतीय टेलिभिजन शो ‘इश्क सुभान अल्लाह’को कलाकार ईशा सिंहले डेङ्गु र टाइफाइट भएको छ । तर यसको बावजुद पनि कलाकार सुटिङ गरेकी छन् । उनी बिरामी भएर पनि काम गरिरहेकी छन् । उनको को–एक्टर अदनान खानले इंस्टाग्राममा एक पोस्ट गर्दै ईशा सिंहको कामप्रतिको लगावको तारिफ गरेका थिए ।

अदनान खानले पोस्टमा ईशाको तस्बिर राख्दै लेखेकी छन्, ‘यो कहानी दुनियाँको तमाम नायिकाहरुको लागि प्रेरणाको श्रोत हो । मेरी को–स्टार ईशा सिंहलाई डेंगु र टाइफाइट भएको छ । तैपनि उनी सेटमा आएर आफ्नो काम सकिन् ।’ सिरियल इश्क सुभान अल्लाहलाई दर्शकले पनि रुचाएका छन् । तेश्रोपटक सम्बन्धविच्छेदको कथामा आधारित यो सिरियल शुरुवातदेखि नै चर्चामा थियो ।