११ माघ, काठमाडौं । वेष्ट इण्डिजका चर्चित एवं लोकप्रिय खेलाडी ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

उनले भैरहवा ग्लाडिएटर्समार्फत ईपीएल खेल्न लागेका हुन् । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’

भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्टइण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।