कुशल श्रेष्ठ

Clash of Clans लाई आइफोनबाट एण्ड्रोइडमा एकदम सजिलै सित ट्रान्सफर गर्न सकिन्छ”

मोबाइलमा सैयौँ घण्टा खर्च गरेर खेलेको गेमको डाटालाई मोबाइल बिग्रिँदा अथवा केहि कारणले गर्दा मोबाइल परिवर्तन गर्नुपर्दा गुमाउनुपर्ने हुन्छ र यो पीडा भोग्ने व्यक्तिलाई मात्र थाहा हुन्छ। यहि कारणले गर्दा कसै-कसैले त कति पुरानो मोबाइल बोकेर हिँडिराखेका हुन्छन्, गेमकै लागि!

तर संयोगवश, Clash of Clans खेल्ने सबैजनाले यस्तो चिन्ता कहिल्यै गर्नुपर्ने छैन। भिन्नाभिन्नै डिभाइसमा पनि तपाईँले एउटै अकाउण्ट लिङ्क गर्न सक्नुहुन्छ।

आज हामी Clash of Clans प्रेमीहरूको लागि अति प्रयोगशाली Tutorial बताउन गैरहेका छौँ। आइफोन अथवा आइप्याडबाट एण्ड्रोइड डिभाइसमा Clash of Clans को भिलेज कसरी ट्रान्सफर गर्ने?

  • सुरुमा तपाईँको नयाँ एण्ड्रोइड डिभाइसमा Clash of Clans इन्सटल गर्नुहोस् र एप खोल्नुहोस्।
  • एकछिन एण्ड्रोइड फोनलाई यत्तिकै छोड्नुहोस् र आइफोनमा Clash of Clans खोल्नुहोस्।
  • गेम स्क्रीनको तलपट्टिको दायाँभागमा रहेको Settings बटन खोल्नुहोस् र Sound Effects मुनि रहेको ‘Link a device’ मा ट्याप गर्नुहोस्।

How To Transfer Clash of Clans from iOS to Android (2)

  • त्यसपछि त्यहाँ देखाउने दुईवटा विकल्पमध्ये This is the OLD DEVICE छान्नुहोस्।
  • अर्को मेन्यूमा तपाईँलाई सोध्नेछ कि अर्को आइफोनमा लिङ्क गर्ने हो कि अन्य डिभाइसमा? त्यहाँ तपाईँले ‘I want to link to another device’ छान्नुहोस्। त्यसले तपाईँलाई १२ डिजिटको एउटा कोड दिनेछ।

How To Transfer Clash of Clans from iOS to Android (1)

  • अब एण्ड्रोइड डिभाइसमा, गेम ट्यूटोरियल स्क्रीनको माथिपट्टिको बायाँभागमा रहेको Sign In मा ट्याप गर्नुहोस्। यहाँबाट तपाईँलाई Google Play Games मा साइन-ईन गरिदिन्छ।
  • र यदि पहिला तपाईँले एण्ड्रोइडमा Clash of Clans खेल्नुभएको थिएन भने आइफोनको Clash of Clans बाट प्राप्त गर्नुभएको १२-डिजिटको कोड माग्नेछ। तर यदि पहिले एण्ड्रोइडमा खेल्नुभएको थियो भने कोड हानि राख्नुपर्दैन, सीधै आइफोनको Clash of Clans भिलेज लोड गर्ने कि नगर्ने भनेर सोध्छ।
  • यत्ति भएपछि तपाईँको आइफोनको Clash of Clans को भिलेज एण्ड्रोइडमा पनि आउनेछ।

How To Transfer Clash of Clans from iOS to Android (1)

तस्विर स्रोत:- एण्ड्रोइडसेन्ट्रल

यो पनि हेर्नुहोस्-
तपाईँले एण्ड्रोइडमा यी गेम खेल्नुभयो? खेल्नैपर्ने २०१६ का उत्कृष्ट फ्री एण्ड्रोइड गेम…
GTA 6 गेमको निर्माणकार्य सुरु हुँदै…
चीनमा यो मोबाइल गेमले प्रति महिना कमाउँछ १०० मिलियन डलर…
विन्डोजको गेमको उद्धेश्य सोचेभन्दा फरक
भिडियो गेम खेलेपछी ८ वर्षको बच्चाले गरे एक महिलामाथी गोली प्रहार