७ माघ, काठमाडौं।

अन्तरिक्षबाट देखिने सबैभन्दा सुन्दर दृष्य के हो ? गुरुवात्वाकर्षण शून्य भएको स्थान अन्तरिक्षमा सलाई कोर्दा कसरी बल्छ ? अन्तरिक्षयात्री विरामी पर्छन कि पर्दैनन् ?

सामान्य तर अन्तरिक्ष विज्ञानसँग सरोकार राख्ने यी गहन प्रश्न बुधबार राजधानीस्थित वृहस्तपति विद्या सदनका विद्यार्थीले अन्तरिक्षयात्रीलाई सोध्दै थिए ।

उनीहरुका विज्ञानसुलभ जिज्ञासा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा रहेका बेलायती अन्तरिक्षयात्री टिमोथी पिकले मेट्दै थिए । उत्तरी र दक्षिणी ध्रुवतिर सूयको किरण पर्दाको पृथ्वीको दृष्य अति सुन्दर देखिन्छ, टिमोथीे जवाफ दिए, ‘पृथ्वीबाट विरामी भएर गएर मात्र, नत्र अन्तरिक्षयात्रामा कोही विरामी पर्दैनन् ।

पृथ्वीबाट करिब ४ सय ५ किलोमिटरमाथि रहेको अन्तरिक्ष केन्द्रबाट टिमोथीको जवाफ तुरुन्त विद्यार्थीका कानमा परिहाल्थे । टिमोथीले पृथ्वीमा जस्तो गुरुत्वाकर्षण नहुने भए पनि सुक्ष्म गुरुत्वाकर्षय हुने बताए ।

सलाई कोर्दा पृथ्वीमा जस्तो ज्वाला माथितिर फर्किएर बन्दैन, सूर्यजस्तो गोलो गरी ज्वाला फैलिन्छ भन्दै टिमोथीले बताइरहँदा विद्यार्थी निकै उत्साहित भइ प्रश्न सोधिरहेका थिए ।

नेपालमै पहिलोपटक अन्तरिक्ष केन्द्र–विद्यार्थी सिधा संवाद गरिएको हो । नेपालबाट अष्टे«ेलियामा टेलिफोन र त्याहाँबाट एमेच्योर रेडियोमार्फत अन्तरिक्षयात्री समूहसँग नासाले सम्पर्कको चाँजोपाँजो मिलाएको थियो । नागरिक दैनिकमा खबर छ ।