१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदको नतिजा आउन केही समय लाग्ने भएपनि उपप्रमुखको भने जित निश्चित भइसकेको छ ।

प्रमुख पदमा नेकपा एमालेका देबी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहालबीच तिब्र प्रतिष्पर्धा छ । तर उपप्रमुख पदमा भने एमालेकी दिब्या आचार्यलाई पराजित गर्दै काँग्रेसकी पार्वती शाहले आफ्नो जित पक्का गरेकी छिन् ।

गणना गर्न बाँकी मत भन्दा बढी मतको अग्रता बनाएपछि उनको जित सुनिश्चित भएको हो । जिति निश्चित भएपछि बिजय उत्सव मनाउँदै कार्यकर्ता र समर्थकमाझ यसरी नाचिन् पार्वती । (हेर्नुस भिडियो)