एजेन्सी । अष्ट्रेलियाको मेलवर्न पार्कमा रहेको एक तालले प्राकृतिक रुपमै आफ्नो रंग परिवर्तन गरेको छ ।

मानवनिर्मित नुनिलो ताल एक सानदार चमकदार गुलावी रंगमा परिवर्तन भएको हो । तालको रंग परिवर्तन भएपछि फोटो खिच्ने पर्यटकहरुको घुइँचो लागेको छ । चर्को घामका कारण तापक्रम बढेको र पानी कम परेकाले तालको रंग फेरिएको बैज्ञानिकहरुको भनाई छ ।

सन् २०१३ देखि हरेक गर्मी मौसममा तालको पानीको रंग परिवर्तन भएर गुलावी हुने गरेको बीबीसीले जनाएको छ । (हेर्नुस् तस्वीर)